ठाकुरबाबामा जङ्गली हात्तीको आतङ्क
आइतबार, १२ माघ २०७६, २२ : ३८
बर्दिया । बर्दियामा ठाकुरबाबा नगरपालिका वडा नं ६ वनखेत गाउँमा जङ्गली हात्तीले आतङ्क मचाउँदा तीन घर भत्काउनुका साथै सम्पत्ति नष्ट गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले निकुञ्ज आसपास गाउँ पसी बेलाबेला छेउछाउका घर भत्काउनुका साथै सम्पत्ति नष्ट गर्दै आएका छन् ।
ठाकुरबाबा नपा– ६ वनखेत बस्ने चन्द्रकली आचार्यको कच्ची घर फोरेर अन्दाजी २० क्विन्टन धान नष्ट गरेको छ । त्यसैगरी सोही स्थानका जेगरुपी थारुको घर पनि भत्काएको छ भने अन्न एवं धनमाल नष्ट गरेको छ । सोही गाउँ बस्ने कुटु थारुको खरले छाएको कच्ची घर पनि हात्तीले भत्काएको सशस्त्र प्रहरीले हवल्दार सागर ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण