युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
सारांश
- झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई घटनामा प्रयोग भएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।
- घटनामा संलग्न चार जनालाई पक्राउ गरी कालो मोबिलको बट्टा र पम्प्लेट बरामद गरिएको छ भने पीडितको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
बिर्तामोड । झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दल्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई घटनामा प्रयोग भएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २९ गते बेलुका साढे ६ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित राजगढ जाने बाटोमा यो घटना भएको हो। स्थानीय मानिसहरूले बिर्तामोड २ बस्ने २१ वर्षीया सबिना राजबंशीलाई नियन्त्रणमा लिई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दलेका थिए। घटनाबारे जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पीडितको उद्धार गर्नुका साथै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कालो मोबिलको बट्टा र विभिन्न किसिमका १६ थान पम्प्लेट समेत बरामद गरेको छ।
कालो मोसो दलिएकी सबिना राजबंशीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण