रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज (आइतबार) बिहान ११ बजेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदै छ ।
- यस अधिवेशनमा प्रदेश नेतृत्वका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) सहित चार जना आकांक्षी छन् ।
- अधिवेशनका लागि १० जिल्लाबाट ५३० जना प्रतिनिधि छनोट भई आएका छन् ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज(आइतबार) बिहान ११ बजेटबाट सुरु हुँदै छ ।
वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री भूपदेव शाहले गर्नेछन् । यस्तै रास्वपा सह–महामन्त्री विपिन आचार्यको पनि सहभागिता रहने बताइएको छ ।
रास्वपा कर्णाली प्रदेश सह–महामन्त्री तथा संगठन विभाग प्रमुख राजबहादुर शाहका अनुसार, अधिवेशनको तयारी पुरा भइसकेको छ । अधिवेशनका लागि १० जिल्लामा ५३० जना प्रतिनिधि छनोट भएर आएका छन् ।
प्रदेश नेतृत्वको लागि सुरुमा पाँच जनाले आकाङ्क्षा राखेका थिए । अधिवेशनको नजिक आउँदा रुकुम पश्चिमका मानबहादुर शाही सभापतिको लाइनबाट बाहिरिएका छन् ।
वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) भने पनि सभापति बन्ने चाहना प्रकट गरिरहेको स्रोत बताउँछ ।
४ जनामध्ये वर्तमान सभापति मदन खड्का र उपसभापति प्रेमबहादुर बोहोरा नै प्रतिस्पर्धीमा आउन सक्ने आकलन रास्वपा प्रदेश नेताहरूले गरेका छन् ।
दैलेखका बस्नेत गत फागुनको निर्वाचनको केही दिनअघि मात्रै नेकपा एमालेबाट रास्वपा प्रवेश गरेका थिए । उनले रास्वपाबाट दैलेख—१ को प्रतिनिधि सभा चुनाव लडेका थिए । यद्यपि उनी कांग्रेसकी बासना थापासँग पराजित भएका थिए । यद्यपि व्यक्तित्वको हिसाबले उनी बलिया दाबेदार हुन् ।
उनी रास्वपालाई कर्णालीमा माथि उठाउनुपर्छ भनेर नै आफू केन्द्रीय कमिटीमा नबसेको बताए ।
यस्तै, रुकुम पश्चिमकै बौद्धिक युवा प्रेम बोहोरालाई पनि सम्भावित बलियो आकाङ्क्षीका रुपमा हेरिएको छ ।
उनी यसअघि प्रतिनिधि सभा चुनावमा रास्वपाबाट खस आर्यतर्फ बन्दसूचीमा परेका थिए । प्रेम बोहोरा कर्णालीमा चर्चित नाम हो । उनले वीरेन्द्रनगरमै एक संस्था चलाउँछन् भने दर्जनौँ पुस्तकका लेखक पनि हुन् । उनी पहिले माओवादी र त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिए ।
सभापतिका आकाङ्क्षी एक मात्र महिला स्नेहा उपाध्यायले पनि आफ्नो तयारी भइरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण