बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हिमालयन शेर्पासँग हार्‍यो च्यासल

शनिबार, २५ माघ २०७६, १४ : ३३
शनिबार, २५ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यायल युथ क्लबलाई हिमालयन शेर्पा क्लबको धक्का लागेको छ ।

 एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा च्यासल शेर्पासँग ३–२ गोलले पराजित भयो । शेर्पाको जितमा विजय गुरुङले २८औं र ५०औं मिनेटमा दुई गोल गरे । त्रिदेव गुरुङले ३३औं मिनेटमा एक गोल गरेका थिए । 
च्यासलका हायातु वाकिनोले ३७औं र ८९औं मिनेटमा दुई गोल गरेका थिए । शेर्पा सँगको हारले शीर्ष ६ मा रहन योजना बनाएको च्यासललाई ठूलो धक्का लागेको छ । जितले शेर्पाको रेलिगेसन सम्भावना टरेको छ । शेर्पाका युरिच सिवे म्यान अफ दी म्याच भए । 

उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १० अंक बनाएको शेर्पा ११औं स्थानमा उक्लिएको छ । १२ अंक बनाएको च्यासल १०औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप