हिमालयन शेर्पासँग हार्यो च्यासल
शनिबार, २५ माघ २०७६, १४ : ३३
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यायल युथ क्लबलाई हिमालयन शेर्पा क्लबको धक्का लागेको छ ।
एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा च्यासल शेर्पासँग ३–२ गोलले पराजित भयो । शेर्पाको जितमा विजय गुरुङले २८औं र ५०औं मिनेटमा दुई गोल गरे । त्रिदेव गुरुङले ३३औं मिनेटमा एक गोल गरेका थिए ।
च्यासलका हायातु वाकिनोले ३७औं र ८९औं मिनेटमा दुई गोल गरेका थिए । शेर्पा सँगको हारले शीर्ष ६ मा रहन योजना बनाएको च्यासललाई ठूलो धक्का लागेको छ । जितले शेर्पाको रेलिगेसन सम्भावना टरेको छ । शेर्पाका युरिच सिवे म्यान अफ दी म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १० अंक बनाएको शेर्पा ११औं स्थानमा उक्लिएको छ । १२ अंक बनाएको च्यासल १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण