सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारका नाममा, चीनबाट नेपाली ल्याउन आलटाल

आइतबार, २६ माघ २०७६, ०७ : ४४
आइतबार, २६ माघ २०७६

आज माघ २६ गते आइतबार देशबाट प्रकाशित हुने ठूला पत्रपत्रिकाहरु कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिकमा र अन्नपूर्ण पोस्ट् दैनिकले ललिता निवास जग्गा प्रकरण, मूल्य वृद्धि, एमसीसी र ठेकेदार जनप्रतिनिधिको विषयलाई लिएर मुख पृष्ठमा समाचार छापेका छन् । 

कान्तिपुर दैनिकले ‘एमसीसी अघि बढ्छ ः दाहाल’ शीर्षकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा बोलेका कुराहरुलाई मुख पृष्ठमा छापेको छ । समाचारमा कान्तिपुरले लेखेको छ, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन् । पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए ।

‘म प्रधानमन्त्री भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयो भन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन,’ राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभअन्तर्गत शनिबार ‘प्रचण्डसँग परिसंवाद’ सत्रका सञ्चालक कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको जिज्ञासामा दाहालले भने, ‘समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो ।’

त्यसैगरी, नागरिक दैनिकले ‘एमसीसी पास गराउन कूटनीतिक पहल’, ललिता निवास प्रकरण र मुटु छुने रौतहटका दुई वर्षीय बालकको तस्बिरको सन्दर्भमा समाचारहरुलाई मुख पृष्ठमा छापेको छ । 

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।

पौडेल र रेग्मीको अधिकृत वारेसबाट बालुवाटारको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता ल्याइएको हो। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्दप्रसाद अधिकारीले पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता गरिएको स्वीकार गरे। ‘पौडेल र रेग्मीको नाममा रहेको ललितानिवासको जग्गा हिजो ९शुक्रबार० सरकारको स्वामित्वमा फिर्ता आएको छ,’ अधिकारीले शनिबार भने, ‘मालपोत कार्यालय डिल्लीबजारबाट यस विषयमा निर्णय भएको छ।’ उनले यसबारे थप बोल्न चाहेनन्। ।’

यता अन्नपूर्ण पोस्ट् दैनिकले पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।

सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य अवस्था बुझ्न अनुगमन टोली परिचालन गरेका छौं । टोलीले दिने सुझावका आधारमा कार्टेलिङ र कालोबजारी गर्ने व्यवसायी र उद्योगीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

नयाँ पत्रिकाले चीनबाट नेपाली ल्याउन सरकारले आलटाल गरेको समाचारलाई प्राथमिकता दिएको छ । समाचारमा नयाँ पत्रिकाले लेखेको छ, चीनबाट नागरिक ल्याउन  आलटाल गर्दै सरकार
कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ । 

क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिबार त त्यसबारे कुनै छलफलसम्म भएन । ‘चीनबाट नागरिक ल्याउने विषयमा शनिबार कुनै छलफल भएन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले नयाँ पत्रिकासँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप