रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दीर्घकालीन सहयोगी सर्गेई शोइगुलाई प्रतिस्थापन गर्दै नयाँ रक्षामन्त्री बनाउने तयारी गरेको क्रेमलिनले घोषणा गरेको छ ।
६८ वर्षीय शोइगु सन् २०१२ देखि उक्त भूमिकामा छन् र अब उनी रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने भएका छन् । रुसी संसदको माथिल्लो सदनले प्रकाशित गरेको पत्रमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने जनाएका छन् ।
शोइगुले युक्रेनसँगको रुसको युद्धमा प्रमुख भूमिका खेलेका छन्। रुसी सरकारी कागजातहरूले पुटिनले शोइगुलाई निकोलाई पात्रुशेभको स्थानमा शक्तिशाली सुरक्षा परिषद्को पदभार ग्रहण गर्न चाहेको देखाएको छ। पात्रुशेभको नयाँ पद के हुनेछ भन्ने अझै स्पष्ट छैन।
शोइगुको राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्बन्ध छ । कुनै सैन्य पृष्ठभूमि नभएको बाबजुद उनलाई रक्षा पोर्टफोलियो दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिमको अभ्यासमा रुसले गरेको आक्रमणमा मारिए ६ युक्रेनी सेना
-
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
-
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
-
सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत