रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दीर्घकालीन सहयोगी सर्गेई शोइगुलाई प्रतिस्थापन गर्दै नयाँ रक्षामन्त्री बनाउने तयारी गरेको क्रेमलिनले घोषणा गरेको छ ।
६८ वर्षीय शोइगु सन् २०१२ देखि उक्त भूमिकामा छन् र अब उनी रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने भएका छन् । रुसी संसदको माथिल्लो सदनले प्रकाशित गरेको पत्रमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने जनाएका छन् ।
शोइगुले युक्रेनसँगको रुसको युद्धमा प्रमुख भूमिका खेलेका छन्। रुसी सरकारी कागजातहरूले पुटिनले शोइगुलाई निकोलाई पात्रुशेभको स्थानमा शक्तिशाली सुरक्षा परिषद्को पदभार ग्रहण गर्न चाहेको देखाएको छ। पात्रुशेभको नयाँ पद के हुनेछ भन्ने अझै स्पष्ट छैन।
शोइगुको राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्बन्ध छ । कुनै सैन्य पृष्ठभूमि नभएको बाबजुद उनलाई रक्षा पोर्टफोलियो दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण