युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा
सोमबार, ३१ वैशाख २०८१, ०६ : ११
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ ।
खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई धेरै दबाब दिनै सकेन ।
अब आर्सनलले मंगलबार हुने खेलमा टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराओस् भन्ने प्रार्थना गर्नुपर्नेछ । अन्तिम खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनको आतिथ्य गर्नेछ भने सिटीले वेस्ट ह्यामसँग भिड्नेछ ।
३७ खेलबाट आर्सनलको ८६ अङ्क छ । एक खेल कम खेलेको सिटीको ८५ अङ्क रहेको छ । लिभरपुल ३६ खेलबाट ७८ अङ्क बटुल्दै तेस्रो स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण