शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना, तस्बिरमा हेर्नुहोस्

सोमबार, १९ फागुन २०७६, १८ : ४१
सोमबार, १९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन् । ओली सोमबार साँझ ६ बजेर ५ मिनेट जाँदा अस्पताल पुगेका थिए । 

अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवश्यक निर्देशन दिएका थिए । 

यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । 

प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए । 

सोही अनुसार ओलीको आवश्यक प्रक्रिया पूरा भएपछि बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । 

यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका थिए । ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका थिए । 

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप