कोरोना भाइरसबारे जनचेतनाका लागि बाबुरामले फेरे ट्वीटरमा नाम
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसबारे जनचेतनाका लागि ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेका छन् । बुधरबार साझ ६ बजे उनले ट्वीटरमा आफ्नो नामको ठाउँमा 'नियमित हात धोऔं/ आफ्नो हात धोऊ'भनेर राखेका छन् ।
नाम परिवर्तन गरेर कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल गरेको उनको भनाइ छ । ट्वीटरमा समाजवादी पार्टीका परिषद अध्यक्षसमेत रहेका डा. भट्टरार्ईका ११ लाखबढीे फ्लोअर्स छन् ।
भट्टराईले ट्वीटर लेखेका छन्, ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं /आफ्नो हात धोऊ) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’
विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ । बुधबार साँझसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ४ हजार ७९ जना पुगेको छ ।
नेपाल सरकारले शैक्षिक संस्थाका बन्द गर्नुका साथै सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 18, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण