नारायणकाजीमाथि बाबुरामको कटाक्ष : माके सिध्यायो अब नेकपा सिध्याउँछ !
काठमाडौँ । अन्तिम समयमा आएर एसईई परीक्षा स्थगित गरेको भन्दै समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ र उनको समुहप्रति कटाक्ष गरेका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै सरकारमा रहेको नारायणकाजी गुटले नेकपा नै सिध्याउने दावी गरेका छन् । ‘यो काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने : गुट चलाउने ! माके सिध्यायो अब नेकपा सिध्याउँछ’, डा.भट्टराईले ट्वीटरमा छेडखान हानेका छन् ।
उनले एसईई परीक्षा स्थगित नै गर्नु थियो भने केही दिन पहिला विद्यार्थी र अभिाभवक तनावमुक्त हुने तथा अनावाश्यक खर्च र दुःख पाउने थिएनन् भनेका छन् । ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झै अघिल्लो दिन हैन, केही दिन पहिला परीक्षा रोके होलान् यति कुरो केही दिन पहिला गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ?’ भट्टराईले प्रश्न गरेका छन् ।

भट्टराई र श्रेष्ठ गत निर्वाचनमा एकै क्षेत्रबाट आमनेसामने थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण