नारायणकाजीमाथि बाबुरामको कटाक्ष : माके सिध्यायो अब नेकपा सिध्याउँछ !

काठमाडौँ । अन्तिम समयमा आएर एसईई परीक्षा स्थगित गरेको भन्दै समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ र उनको समुहप्रति कटाक्ष गरेका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै सरकारमा रहेको नारायणकाजी गुटले नेकपा नै सिध्याउने दावी गरेका छन् । ‘यो काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने : गुट चलाउने ! माके सिध्यायो अब नेकपा सिध्याउँछ’, डा.भट्टराईले ट्वीटरमा छेडखान हानेका छन् ।
उनले एसईई परीक्षा स्थगित नै गर्नु थियो भने केही दिन पहिला विद्यार्थी र अभिाभवक तनावमुक्त हुने तथा अनावाश्यक खर्च र दुःख पाउने थिएनन् भनेका छन् । ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झै अघिल्लो दिन हैन, केही दिन पहिला परीक्षा रोके होलान् यति कुरो केही दिन पहिला गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ?’ भट्टराईले प्रश्न गरेका छन् ।
भट्टराई र श्रेष्ठ गत निर्वाचनमा एकै क्षेत्रबाट आमनेसामने थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान