मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

के अब देउवा–प्रचण्डबीच दूरी बढ्न सक्छ ?

बुधबार, १४ भदौ २०७४, १२ : ५०
बुधबार, १४ भदौ २०७४

काठमाडौँ– पछिल्ला पाँच दिनभित्र सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका दुई अभिव्यक्तिले काँग्रेसभित्र एउटा नयाँ तरङ्ग पैदा भएको छ । काँग्रेसका केही नेताहरुले प्रचण्डको अभिव्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवासँगको ‘बार्गेनिङ’ र भावी सत्ता समीकरणको चलखेलका रुपमा लिएका छन् । यद्यपि चुनाव घोषणा भइसकेको अवस्थामा यो त्यति सजिलो कोर्स होइन ।
 
भारत भ्रमणमै रहेको बेला प्रधानमन्त्री देउवाले असोज ८ गते नेपालको संविधान संशोधनको विषयमा जे अभिव्यक्ति दिएका थिए, त्यसलाई प्रचण्डले खुलेरै विरोध गरे, यही विरोधलाई काँग्रेसभित्र चासोका साथ हेरिएको छ । प्रचण्डले देउवाको अभिव्यक्ति आएको अर्को दिन अर्थात भदौ ९ गते सुर्खेतमा र भदौ १४ गते विराटनगरमा पुगेर आफ्नो मत राखेका थिए । प्रधानमन्त्री देउवाले पनि दिल्लीबाट फर्कंदा विमानस्थलमा र त्यसको अर्को दिन संसदमा बोलेर आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।

पाँच दिनभित्र दुई पटक एउटै विषयमा बोलेर प्रचण्डले देउवासँग आफ्नो असन्तुष्टि राखेका छन् । साथै एक सन्देश पनि दिएका छन्– देउवाले दिल्लीमा जे अभिव्यक्ति दिएका थिए, त्यस विषयमा सत्ता गठबन्धनभित्र कुनै पनि  छलफल भएको थिएन ।


 
पाँच दिनभित्र दुई पटक एउटै विषयमा बोलेर प्रचण्डले देउवासँग आफ्नो असन्तुष्टि राखेका छन् । साथै एक सन्देश पनि दिएका छन्– देउवाले दिल्लीमा जे अभिव्यक्ति दिएका थिए, त्यस विषयमा सत्ता गठबन्धनभित्र कुनै पनि  छलफल भएको थिएन । देउवा दिल्लीबाट फर्केपछि प्रचण्डसँग उनको भेट भएको छैन । सत्ता गठबन्धनबीच बैठक बसेको छैन । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।
 
सबैभन्दा रोचक पक्ष त के छ भने सत्ता गठबन्धनकै नेता प्रचण्ड, विपक्षी एमाले र मिडियाको आलोचनामा परे पनि प्रधानमन्त्री देउवाले चाहिँ आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । दिल्लीबाट फर्केपछि पहिला देउवाले विमानस्थलमा र भदौ १२ मा संसदमा बोले, जहाँ उनले आफ्नो अभिव्यक्तिको बचाउ गरे । तर प्रचण्डले देउवाको दिल्लीको अभिव्यक्ति गलत भएको प्रतिक्रिया दोहोर्याए ।


 
राजपासमेतको सहभागितमा संसदबाट तत्काल टुङ्गिएको संविधान संशोधनको विषयमा देउवाले दिल्लीमा पुनः प्रतिबद्धता जनाएपछि प्रचण्डले त्यसलाई अस्वभाविक मानेका थिए र यही खालको अभिव्यक्ति दिएका हुन् । प्रचण्डको अभिव्यक्तिलाई काँग्रेसभित्र ‘काँग्रेससँगको सहकार्यले माओवादीले फाइदा लिएको र अहिले फेरि टाढिन खोजेको’ रुपमा हेरिन थालेको छ । काँग्रेसका केही नेताले प्रचण्डको अभिव्यक्तिलाई ‘देउवाको विकल्पमा प्रचण्डको कसरत’ रुपमा पनि हेरेका छन् । एमालेको समर्थनमा प्रचण्डले पुनः प्रधानमन्त्री बन्ने ‘तानावान’ बुन्न थालेको रुपमा पनि काँग्रेसभित्र हेर्न थालिएको छ ।

माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्र मन्त्रीले पनि देउवाको अभिव्यक्तिमा आपत्ति जनाए । उनको भनाइ थियो– ‘‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधान बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ । प्रधानमन्त्रीलाई थाहा छ, के बोल्नु भयो ?’


 
खासमा विवादको शृङ्खला के छ ?
विवादको सुरुवात हैदरवादको अभिव्यक्ति : भदौ ८ गते देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ आफ्नो लिखित भाषणभन्दा बाहिरै देउवाले संविधान संशोधनको विषयमा यस्तो कुरा राखेका थिए, ‘यहाँले उल्लेख गरेजस्तै संविधान कार्यान्वयन गर्ने क्रममा केही मुद्दा अझै अल्झिरहेका छन् । हामी चाहन्छौँ, हाम्रो संविधान स्वीकार्य र संशोधन होस्, जसले सबै क्षेत्रका मानिस, दक्षिणमा बस्ने, राजपा र अन्य जातीय समुदाय चुनावमा सहभागी हुन सकून् । धन्यावाद भगवान, उहाँहरू चुनावमा जान सहमत भइसक्नु भएको छ । तर पनि हामी संविधान संशोधनमा प्रयासरत रहनेछौँ, जसले संविधान सर्वस्वीकार्य हुनेछ । हामीले संसदमा दुई तिहाइ मत हासिल गर्न सकेनौँ र संविधान संशोधन गर्न सकेनौँ । मलाई लाग्छ, भविष्यमा हामीले दुई तिहाइ मत ल्याउनेछौँ र संविधान संशोधन गर्न सक्नेछौँ, जसले उत्तरी र दक्षिणी भेगका, पूर्व–पश्चिम सबैतिरका नागरिकले संविधान स्वीकार गर्नेछन् ।’


 
देउवाले दिल्लीमा यस्तो अभिव्यक्ति दिएको अर्को दिन प्रचण्डले असन्तुष्टि राखे । भदौ ९ गते सुर्खेतमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले भनेका थिए, ‘प्रधानमन्त्री देउवाको अभिव्यक्तिमाथि प्रचण्डको टिप्पणी आयो, ‘संविधान संशोधन नेपालको आन्तरिक मामिला हो । यसलाई संसदले टुङ्ग्याइसकेको छ । फेरि यो विषय उठाइरहनु जरुरी छैन । संसदमा असफल भइसकेको विषयवस्तुलाई भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो ।’

माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्र मन्त्रीले पनि देउवाको अभिव्यक्तिमा आपत्ति जनाए । उनको भनाइ थियो– ‘‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधान बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अमपान गरेको छ । प्रधानमन्त्रीलाई थाहा छ, के बोल्नु भयो ?’
 
उपचारका लागि बैङ्कक जानु अगाडि एमाले अध्यक्ष ओलीले पनि देउवामाथि हमला गरेका थिए । ‘देशको स्वाभिमानको वास्ता नगरी असान्दर्भिक ढङ्गले उहाँले संविधानसभाबाट जारी भएको नेपालको संविधानको विरोध गर्नुभएको छ । नेपालको गरिमामय संसदले गरेको फैसलको विदेशमा गएर धज्जी उडाउनु भएको छ । क्षमायाचनाको भाषा बोल्नुभएको छ– प्रभु, मैले कोशिस गरेको थिएँ, तर सकिनँ । उहाँको हाउभाउ र अभिव्यक्ति लज्जाजनक छन् । उहाँले प्रस्तुत गरेका विषयवस्तुले देशको शिर निहुरिएको छ ।’ भदौ ९ गते विमानस्थलमा ओलीको अभिव्यक्ति थियो ।


 
यसबाहेक नेपाली मिडियामा पनि देउवाको आलोचना भएको थियो । तर, भ्रमण सकेर फर्केपछि देउवाले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै आएका छन् । जस्तो कि भदौ ११ गते काठमाडौँ विमानस्थलमा उत्रेपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उचो बनाएको बताएका थिए । भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयास स्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसङ्ग उठाएको बताएका थिए । उनले भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राखेका थिए । ‘के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुपर्यो, विदेशमा केही पनि नबोल्ने ? अरुले भनेजस्तो शिर निहुरेको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु,’ प्रधानमन्त्रीको भनाइ थियो ।

‘संविधान संशोधनका विषयमा अहिलेको सन्दर्भको कुरा टुङ्गिसकेको छ । राजपासहितको सहभागितमा यो कुरा टुङ्गिएको छ । अब निर्वाचनपछि कस्तो संसद आउँछ ?  के–के विषयमा संशोधन आवश्यक हुन्छ । यो त्यतिबेलाको कुरा हो ।  अहिले नै भोलि गरिन्छ भनेर बोलिरहनु आवश्यक छैन’, प्रचण्डले भने ।


 
भारत भ्रमण सकेर फर्केको अर्को दिन अर्थात भदौ १२ गते प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणबारे संसदलाई जानकारी गराए । उनले संविधान संशोधनबारे भारत भ्रमणमा आफूले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तहबाट आएका नकारात्मक टिप्पणीप्रति उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । प्रधानमन्त्री देउवाले भारत भ्रमणको समयमा आफूले संविधान संशोधनबारे बोल्नु अस्वभाविक नभएको दाबी गरे ।


 
‘संविधान निर्माण, सर्वस्वीकार्यता, कार्यान्वयनलगायत विषय राष्ट्रिय एजेन्डा भएको र ती विषयमा मित्र राष्ट्र अर्थात् छिमेकी राष्ट्रलाई जानकारी गराउनु अस्वभाविक होइन । शान्ति प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गराउने विषयमा सघाउँदै आएको छिमेकी राष्ट्रबाट पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’ देउवाको भनाइ थियो ।
 
प्रधानमन्त्री देउवाले संसदमा बोलेको अर्को दिन प्रचण्ड विराटनगर पुगे र देउवाको दिल्लीको अभिव्यक्तिमाथि आफ्नो मत राखे । विराटनगर विमानस्थलमा भदौ १३ गते पत्रकारको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले देउवाले भारतमा संविधान संशोधनका विषयमा अनावश्यक टिप्पणी गरेको बताए । ‘संविधान संशोधनका विषयमा अहिलेको सन्दर्भको कुरा टुङ्गिसकेको छ । राजपासहितको सहभागितमा यो कुरा टुङ्गिएको छ । अब निर्वाचनपछि कस्तो संसद आउँछ ?  के–के विषयमा संशोधन आवश्यक हुन्छ । यो त्यतिबेलाको कुरा हो ।  अहिले नै भोलि गरिन्छ भनेर बोलिरहनु आवश्यक छैन’, प्रचण्डले भने ।
 

दिल्लीको अभिव्यक्तिसँग खासमा प्रचण्ड किन झस्के ?
 
सूत्रहरुलाई आधार मान्ने हो भने देउवा–मोदी भेटमा भएका कुराकानीका आधारमा देउवाले संविधान संशोधनको विषय उठान गरेको प्रचण्डको बुझाइ छ । मधेशवादी दलका माग संशोधनमा सबैभन्दा बढी सक्रिय प्रचण्ड संविधान संशोधन गर्ने देउवाको अभिव्यक्तिप्रति असन्तुष्ट बन्नुको पछाडि अर्कै कारणले काम गरेजस्तो देखिन्छ ।
 
यस्तो कारण धर्मनिरपेक्षता उल्ट्याउनेसँग सरोकार रहेको प्रचण्डको बुझाइ छ । ‘कतै देउवाले अबको संविधान संशोधनमा धर्मनिरपेक्षताको कुरा अगाडि बढ्छ भनेर आश्वस्त पारेका हुन् कि भन्ने प्रचण्डको चिन्ता हो ।’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘मोदीको हिन्दू राष्ट्रको चाहनामाथि देउवाले बोले होलान् भन्ने चासो यहाँ देखिन्छ ।’

माओवादीका एक नेता भन्छन्, ‘देउवा र प्रचण्डबीच भेट भएर खुलेर कुरा भएपछि यो समस्या हट्छ । यही कुराले दुई नेताबीचको दूरी बढ्छ जस्तो मलाई लाग्दैन ।’


 
स्रोतका अनुसार प्रचण्ड कतै काँग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिएर परिवर्तन उल्ट्याउनेतिर जान्छ कि भन्ने चिन्तामा छन् । देउवाको दिल्लीमा आएको अभिव्यक्तिलाई प्रचण्डले योसँग पनि जोडेका छन् र विरोध गरेका छन् ।
 
देउवा दिल्लीबाट फर्केपछि देउवा–प्रचण्ड भेट भएको छैन । देउवा ११ गते राति काठमाडौँ उत्रेका थिए, त्यसको अर्कोदिन बिहानै प्रचण्ड विराटनगर गएका थिए । ‘प्रधानमन्त्री भारतबाट फर्केपछि सीएमसँग भेट भएको छैन । फोनमा कुरा भएको छ । तर, दिल्लीमा प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा बोलेको बारे फोनमा कुरा भएको छैन । यो विषय भेटमा छलफल हुन्छ ।’ प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले बताए ।
 
सत्ता गठबन्धन हुँदै पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा तालमेल गरेर अगाडि बढेका काँग्रेस र माओवादीबीच तत्काल सत्रा गठबन्धनमा समस्या आउने सम्भावना चाहिँ कम छ । किनभने दुवैले प्रदेश र सङ्घीय चुनावमा तालमेलको कुरा गरिरहेका छन् । हालै मात्र पत्रकार महासङ्घको चुनावमा पनि यी दुई शक्तिबीच सहकार्य भएको थियो ।
 
‘प्रदेश र सङ्घीय चुनावसम्म यो गठबन्धनमा समस्या आउँछ जस्तो मलाई लाग्दैन । रणनीतिक गठबन्धन भएकाले सानातिना अभिव्यक्तिले असर गर्दैन ।’ देउवा निकट मानिने काँग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘व्यक्तिगत हितका लागि नेताहरुले आफ्नो सुविधामा बोल्नु ठूलो कुरा भएन । देउवाको अभिव्यक्ति पनि त्यही हो र प्रचण्डको विरोध पनि त्यही ।’
 
माओवादीका एक नेता भन्छन्, ‘देउवा र प्रचण्डबीच भेट भएर खुलेर कुरा भएपछि यो समस्या हट्छ । यही कुराले दुई नेताबीचको दूरी बढ्छ जस्तो मलाई लाग्दैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप