विद्युतीय प्रणालीमा १६ लाख ७८ हजार कृषक घरधुरी सूचीकृत
मङ्गलबार, ०१ जेठ २०८१, २१ : ०२

काठमाडौँ । देशभरका १६ लाख ७८ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १६ लाख ७८ हजार कृषक घरदुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा/सुविधा/अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान परिचयपत्र वितरण गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !