चालु वर्षमा विकासले फड्को मारेको राष्ट्रपतिको दाबी, दुई सुरुङ छिचोलियो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विकासे कामलाई तीव्रता दिइरहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यो सरकारले विकासको गतिलाई तीव्रता दिएको बताएका हुन् ।
आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले विकासको कामले गति लिएको आँकडा प्रस्तुत गरेका हुन् । राष्ट्रपति पौडेलले सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताए । यस्तै चालु वर्षमा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको समेत उनले बताए ।
यस्तै जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको, कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए । यसैगरी विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाईन र सबस्टेसनको निर्माणको काम समेत चालु वर्षमा अघि बढेको उनले बताए । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ ।
यता नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यातको प्रक्रिया सुरु भइसकेको समेत राष्ट्रपति पौडेलको भनाइ छ । पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘पूर्व पश्चिम राजमार्गमा देखिएका समस्या समाधान गर्दै अघि बढाइएको छ ।’
नागढुंगा नौबिसे सुरुङमार्ग छिचोलिनुका साथै निर्माणाधीन स्थानीय अस्पतालको निर्माणकार्यलाई अघि बढाइएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण