स्थानीय बासिन्दाले नै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराए
हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्ड्लिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।
अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौँबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् ।
लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन राउतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण