दुबईमा नाक र मुख ढाक्ने गरी मास्क नलगाए जरिवाना
युएई । दुबईमा मास्क प्रयोग नगर्नेलाई जरिवाना हुने भएको छ । नाक, मुख नढाकी मास्क लगाउनेलाई दुबईमा एक हजार दिर्हाम अर्थात करिव (३१ हजार रुपैया) जरिवाना तोकिएको दुबई प्रहरीलाई उदृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।
दुबईमा लकडाउन केही खुकुलो गरेपछि मल,रेस्टुरेन्ट, सार्वजनिक यातायात,बजार,समुद्री किनारा तथा पार्कमा मान्छेको चहलपहल बढेसँगै मास्क राम्रोसँग नलगाउँदा कोरोना सङ्क्रमण फैलिने जोखिम भएको भन्दै दुबई सरकारले कार्वाही सहित जनिवाना तोकेको हो।
सार्वजनिक स्थलमा हिँडडुल गर्दा, मास्कले मुख मात्र छोप्ने, घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको उचित प्रयोग गर्न र गराउन जरिवाना तोकिएको दुबई प्रहरीले जनाएको छ । गत मार्च २६ देखि अप्रिल १६ सम्म मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको दुबई प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण