कोरोना प्रभावित नेपालीलाई आईएमईको सहयोग
युएई । युएईमा समस्यामा परेका नेपाली नागरिकहरुलाई लागि आइएमई नेपालले राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।
कोरोना कारण उत्पन्न असहज परिस्थितिमा आईएमई नेपालले तीन चरण गरेर ५ हजार दिराम (करिब १ लाख ५५ हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको आइएमइ नेपालका युएई प्रमुख उत्तम बस्नेतले रातोपाटीलाई बताए।
युएईमा एनआरएनए र नेपाली समाज युएईले फरकफरक समूह बनाएर समस्यामा परेका नेपालीहरुलाई राहत उपलब्ध गराउँदै आएकोमा आइएमईले दुबै समूहलाई राहत वितरणका लागि खाद्यान्न उपलब्ध गराएको हो ।
एनआरएनए युएईको समूहलाई २ हजार दिराम बराबरको ८ सय ५० केजी दाल र चामल एनआरएनकर्मी पासाङ शेर्पा र विकास शाहीलाई उपलब्ध गराएको आइएमइका युएई प्रमुख बस्नेतले जानकारी दिए ।
त्यसैगरी नेपाली समाज युएईको नेतृत्वलाई पनि आइएमईले पहिलो चरणमा ४ सय केजी खाद्यान्न उपलब्ध गराइसकेको छ । यो राहत आबुधाबी क्षेत्रमा रहेका अभियन्ता कृष्ण गौतम र दुर्योधन कार्कीलाई हस्तान्तरण गरिएको थियो। बस्नेतका अनुसार केही दिन भित्रमा बाँकी २ हजार दिराम बराबरको राहत सामग्री नेपाली समाज युएई अन्तर्गत सञ्चालित कोभिड-१९ राहत उद्धार तथा सूचना संकलन केन्द्रलाई हस्तान्तरण बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण