युएईमा अलपत्र परेका नेपालीको भोलिदेखि उद्धार
बिहीबार, २२ जेठ २०७७, १५ : ४२
१
युएई । सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल लगिने भएको छ ।
युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ ।
दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।
यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ।
दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् ।
युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ ।
यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल लैजाँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण