युएईमा अलपत्र १ सय ५७ जना नेपाली यात्रुले बोर्डिङ लिए, उडानको प्रतिक्षामा
युएईबाट नेपाल फर्किन १ सय ५७ जना नेपाली युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल उड्ने पर्खाईमा छन् । अलपत्र परेका १५७ जना नेपाली लिएर युएईबाट आज पहिलो उडान नेपाल जान लागेको हो ।
ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर एयर अरेबियाको जहाजले स्थानीय समय बिहानको ११ः२० मा उडान भर्ने बताइएको छ ।
स्रोतका अनुसार उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् । उनीहरुलाई एयर अरेवियाको फ्लाईट नं जि नाइन १७५१ नम्वरको फ्लाईटबाट नेपाल पठाउने तयार गरिएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान योजनामा सो फ्लाइट काठमाडौंमा बेलुकी ५ बजे अवतरण हुने तालिका पठाइएको छ ।
तर नेपालको सरकारी निकायसँग आवश्यक समन्वय नभएको भन्दै सो उडान अहिलेसम्म पनि हुने नहुने यकिन भइनसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । यस विषयमा युएई स्थित नेपाली दूतावासमार्फत् समन्वय भइरहेको छ । यात्रुहरुको कोरोना परीक्षण गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण