मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो, सयौं सवारी साधन रोकिए

शुक्रबार, ०५ असार २०७७, १५ : ३१
शुक्रबार, ०५ असार २०७७

काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलमा गएको पहिरोले गर्दा सो खण्डमा सवारी आवागमन अवरुद्ध हुन पुगेको छ । तीन दिन पहिला उक्त स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा सयौं सवारी साधन रोकिएको यात्रुहरुले बताएका छन् । 

यात्रु बासुदेव ढकालका अनुसार कालीखोलाबाट नारायणघाट र मुग्लिन दुवैतर्फ सवारी साधनहरु लामो लाम लागेका छन् । सडक अवरुद्ध बन्दा सयौ सवारी साधन र एम्वुलेन्स समेत रोेकिएको ढकालले जनाए ।  चितवन प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै खुलाउने प्रयास भइरहेको जनाएको छ । प्रहरीका अनुसार २ वटा जेसीवी र एक एक्साभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप