नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित
नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिए ।
देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताए ।
‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ’, श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।
विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र मन माझामाझ भएपनि दुबै नेता आ–आफ्नै अडानबाट पछि हटेका छैनन् । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भने जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
-
ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण