मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)

मङ्गलबार, १६ असार २०८३, ११ : ४८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौँको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्।
  • काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
  • उनीहरूले मर्यादित रूपमा काम गर्न दिनुपर्ने, योग्यता अनुसार रोजगारी वा बेरोजगार भत्ता स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौँको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्।

काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

06-IMG_0011

प्रदर्शनमा सहभागीहरूले नगर प्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्।

01-IMG_3985

उनीहरूले दृष्टिविहीन नागरिकलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न दिनुपर्ने, योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

03-IMG_3990 (1)

साथै, राज्यले रोजगारी उपलब्ध गराउन नसके बेरोजगार भत्ता स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग रहेको छ।

02-IMG_3988 (1)04-IMG_399605-IMG_000907-IMG_001309-IMG_001810-IMG_001910-IMG_001911-IMG_002112-IMG_400513-IMG_002214-IMG_400815-IMG_400916-IMG_002617-IMG_002718-IMG_0035

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप