दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, पहिरो हटाउन अझै केही समय लाग्ने

बुटवल – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि अवरुद्ध भएको यातायात सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने भएको छ । यतायता संचालनमा आउनको अझै केही घण्टा लाग्ने भएको छ ।
सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने काम भइरहेको र अझै कम्तिमा १ घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आज बिहानै पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका थिए । मानवीय क्षति भने भएको छैन ।
सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रदेश टाफ्रिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्वर विकले पहिरो हटाउन अझै कन्तीमा एक घण्टा लाग्ने रातोपाटीलाई बताए ।
यता, पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड शिद्धवावामा अवरुद्ध भएको खुलाउनको लागी अझै २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकले अझै कन्तीमा २ घण्टा लाग्ने जनाएको छ । सडकअवरुद्ध हुँदा सयौं सवारी साधनबीच बाटोमै रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द