दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, पहिरो हटाउन अझै केही समय लाग्ने
बुटवल – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि अवरुद्ध भएको यातायात सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने भएको छ । यतायता संचालनमा आउनको अझै केही घण्टा लाग्ने भएको छ ।
सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने काम भइरहेको र अझै कम्तिमा १ घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आज बिहानै पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका थिए । मानवीय क्षति भने भएको छैन ।
सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रदेश टाफ्रिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्वर विकले पहिरो हटाउन अझै कन्तीमा एक घण्टा लाग्ने रातोपाटीलाई बताए ।
यता, पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड शिद्धवावामा अवरुद्ध भएको खुलाउनको लागी अझै २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकले अझै कन्तीमा २ घण्टा लाग्ने जनाएको छ । सडकअवरुद्ध हुँदा सयौं सवारी साधनबीच बाटोमै रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण