अस्पतालको क्यान्टिनलाई १० हजार जरिवाना
पोखरा। पोखराको एक अस्पतालको क्यान्टिनलाई कास्की प्रशासनले जरिवाना गरेको छ। पोखरा १६ बाटुलेचौरस्थित मातृ शिशु मितेरी प्रादेशिक अस्पतालमा सञ्चालित क्यान्टिनलाई १० हजार रुपैयाँ जरिबाना गरिएको हो।
अनुगमनका क्रममा क्यान्टिनले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भेटिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको संयुक्त टोलीले अनुगमन गरेको हो।
उक्त क्यान्टिनमा पर्याप्त सरसफाइ नभएको, खरिद–बिक्रीको बिल वा विजक नभएको, व्यवसाय नवीकरण नगरिएको र मूल्य सूची समेत नराखेको पाइएको प्रशासनले जनाएको छ । जरिवानासँगै प्रशासनले उक्त चमेना गृहलाई सुधारका लागि ६ बुँदे निर्देशन दिएको छ।
अस्पताल प्रशासनसँग भएको सम्झौता अनुसारको मूल्य सूची अनिवार्य राख्नुपर्ने, व्यवसाय सम्बन्धी सम्पूर्ण कागजातहरू सबैले देख्ने गरी राख्नुपर्ने, नियमित रूपमा सरसफाइ गर्नुपर्ने, म्याद गुज्रेका सामग्रीहरू छुट्टाएर सुरक्षित रूपमा नष्ट गर्नुपर्ने निर्देशन प्रशासनले दिएको छ।
यस्तै, खाद्य र अखाद्य वस्तुलाई छुट्टाछुट्टै राख्नुपर्ने र खरिद–बिक्रीको बिल पसलमै राख्नुपर्ने तथा अनुगमनका क्रममा मागेको समयमा उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण