लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत, नयाँ मन्त्री नियुक्तिको तयारी
सारांश
- लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएका छन्।
- मुख्यमन्त्री चेतनारायण आचार्यले चारै जनाको राजीनामा स्वीकृत गरी नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन्।
- एमालेले नयाँ मन्त्रीको नाम सिफारिस गरे पनि प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले तत्काल शपथग्रहण नहुने भएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी ले बुधबार बिहान सामूहिक रूपमा राजीनामा दिएका थिए।
मुख्यमन्त्री चेतनारायण आचार्य ले चारै जनाको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरे का अनुसार बिहान प्राप्त राजीनामा दिउँसो स्वीकृत गरिएको हो।
एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा बाँकेका रत्नबहादुर खत्री, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे र रुपन्देहीका तुलसीप्रसाद चौधरी लाई मन्त्री बनाउने तयारी गरिएको छ।
यद्यपि, प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेश बाहिर रहेकाले तत्काल नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम नहुने भएको छ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। सरकारमा नेपाली कांग्रेसका पाँच जना मन्त्री पनि सहभागी छन्।
एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएपछि कांग्रेसबाट सरकारमा रहेका मन्त्रीमाथि समेत राजनीतिक दबाब बढेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण