मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ

बुधबार, २० जेठ २०८३, १० : ०९
बुधबार, २० जेठ २०८३

सारांश

  • महोत्तरी प्रहरीले बालक अपहरण मुद्दाका फरार प्रतिवादी नवराज अधिकारीलाई रौतहटबाट पक्राउ गरेको छ।
  • गत वैशाख ७ गते ८ वर्षीय बालकलाई अपहरण गरी लैजाँदै गर्दा स्थानीयले रोक्न खोजेपछि अपहरणकारीहरू बालकलाई छाडेर फरार भएका थिए।
  • प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गरी थप अनुसन्धानका लागि पक्राउ परेका अधिकारीलाई ६ दिनको म्याद थप गरेको छ।

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को नवराज अधिकारी रहेको प्रहरीले जनाएको छ।

गत वैशाख ७ गते दिउँसो अन्दाजी २ बजे महोत्तरी जिल्लाबाट तीन जना अज्ञात मानिसले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखेर अपहरण गरी लैजाँदै गरेका थिए। त्यस क्रममा बालक चिच्याएर कराएपछि स्थानीय बासिन्दाले देखेर उक्त मोटरसाइकललाई रोक्ने प्रयास गरेका थिए। स्थानीयले रोक्न खोजेपछि अपहरणकारीहरू बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए।

प्रहरीले अनुसन्धानका क्रममा वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो। उक्त घटनामा संलग्न प्रतिवादीहरूमध्येका अधिकारीलाई गत जेठ १५ गते दिउँसो अन्दाजी ३:३० बजे महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटको आवश्यक सहयोगमा उनलाई रौतहटको गौर नगरपालिका वडा नं. ५ स्थित हस्पिटल चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ।

महोत्तरीका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पन्च लाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ र घटनाका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप