शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्वसाधारणको दुःख–पीडामा कलाकार सिम्खडा सँगसँगै

बिहीबार, ०८ साउन २०७७, २१ : ४७
बिहीबार, ०८ साउन २०७७

काठमाडौं । कतिपय कलाकार पर्दामा सर्वसाधारणको दुःख पीडाका कुरा गर्दछन् । तर, वास्तविक जीवनमा त्यतातिर खासै नगर लगाएको पाइँदैन । कतिपय कलाकार यस्ता पनि छन्, जो सर्वसाधारले गरिरहेको काममा नजिकबाट नियालिरहेका हुन्छन् । यस्तै कलाकार मध्यका एक हुन्–श्रीकृष्ण सिम्खडा । 

हास्यकलाकारको रुपमा परिचित सिम्खडाले यो लकडाउनको समयमा  मजदुरको दुःख पीडा बुझ्न उनीहरुसँग नै मिलेर केही दिन काम काम गरे । ‘यो लकडाउनको समयमा मजदुरको समस्या बुझ्न केही दिन उनीहरुसँगै काममा खटिएँ’ सिम्खडाले भने, उनीहरुको आम्दानी छ, त्यसले मलाई बिछिप्त बनायो, राज्यले गरिब मजदुरको पक्षमा हित हुनेगरी काम गर्न जरुरी छ ।’ लकडाउनको समयमा जुत्तामा पालिस गर्ने मजदुर र अन्य मजदुरहरुको दुःख नियाल्न र राज्यलाई झक्झक्याउन आफू उनीहरुसँगै काममा खटिएको उनको भनाइ छ । 

देशमा कोरोनाको कहरको डरले लकडाउनको केही अगाडि नै सर्वसाधारणको सुरक्षाको लागि स्कुल कलेज बन्द गर्नु पर्छ भनेर सक्रिय भूमिका निर्वाह गरेका सिम्खडाले देशमा संकट पर्दा बढी चिन्ता लाग्ने आफ्नो बानीले सर्वसाधारणसंग पुग्न प्रेरित गर्ने बताए ।

चीनमा कोरोना देखिनेबित्तिकै सिम्खडाले केही दिन सडकमा उत्रिएर मास्क समेत वितरण गरेका थिए । सिंखडाले अहिले अनलाइन कक्षाको नाममा प्राइभेट स्कुलले सर्वसाधारणसँग विभिन्न बहनामा पैसा असुल्ने काम गरिरहेको आरोप समेत लगाए । यतातिर पनि सरकारको ध्यान जानु पर्नेमा उनले जोड दिए ।

सार्वजनिक शौचालय सरसफाई अभियान समेत चलाउँदै आएका सिम्खडा विभिन्न नेता तथा चर्चित व्यक्तित्वको क्यारिकेचर गर्ने समेत गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप