रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
मस्काे । रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ । जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।
यसैबिच, बुधबार युक्रेनी ड्रोनहरूले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिन भएको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ । यसै क्रममा, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप ९ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ
रूस र युक्रेनबिच पछिल्ला महिनाहरूमा एक अर्कामाथि ड्रोन आक्रमण तीव्र बनेको छ । अमेरिका नेतृत्वको कूटनीतिक प्रयास युद्ध अन्त्य गर्न असफल हुँदै गइरहेका बेला यी आक्रमणहरू बढिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण