बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भीष्मराजले बनाए कोरोना गीत ‘कस्तो भाइरस आयो...?’

बुधबार, १४ साउन २०७७, ०९ : २८
बुधबार, १४ साउन २०७७

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको गीत ‘कस्तो भाइरस आयो...? सार्वजनिक भएको छ । संसारभर फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर तयार गरिएको गीतमा संगीत तथा स्वर राम कुमार बस्नेतको रहेको छ ।

गीतको भिडियो फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सिले निर्माण गरेको हो । भिडियोमा सुरविर पण्डित, दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्ड बहादुर अधिकारी, योग गुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र लेखक भीष्मराज फुलारा समेतको अभिनय रहेको छ । 

लिगेस भट्टराईको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायाँकन वीरेन्द्र भट्टले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप