कोरोनाका कारण युएईमा ३२ नेपालीको ज्यान गयो
युएई-संयुक्त अरब एमिरेट्स (युएई) मा गत चार महिना भित्र विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको छ।
गएको चार महिनामा विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जनाएको हो। त्यसमध्ये ३२ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्ये १ महिला र बाँकी पुरुष रहेका छन् ।
कोरोनाको कारण मृत्यु भएका ३२ जना सहित ६१ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो।बाँकी ४० जनामध्ये १६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।१६ जनाको शव नेपाल फर्काउने तयारीमा रहेको छ,भने ८ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालको शवगृहमा राखिएको दूतावासले जनाएको छ।
उडान नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन। शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण