सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुग्यो
कैलाली - सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीबाट २० , डडेल्धुरा अस्पतालबाट ,२ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
कैलालीका २२ पुरुष, २४ महिला,कंचनपुरका १४ पुरुष, १ महिला, बझाङ्ग १ पुरुष र अछाम २ पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो ।
यसअघि नै ३ हजार २७६ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म ३६ हजार ५५७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ८९९ मा नेगेटिभ आएको उनले बताए । १ हजार ३७३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९९, बैतडीका ३१९, बझाङ्गका २६९ ,बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३० , कैलालीका १२७२ र कंचनपुरका ५८१ गरि ४ हजार ६५८ रहेका छन । जस्मा महिला १ हजार १२७ , पुरुष ३ हजार ५३१ रहेका छन । क्वारेन्टिनमा १ हजार ५५१ पुरुष र ५ सय ४५ महिला रहेका छन । प्रदेशका बिभिन्न आइसोलेसनमा शंकास्पद १८ र संक्रमित ५५ गरी ७३ जनाको उपचार भईरहेको छ । ८६१ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।
सेती प्रादेशिक अस्पतालमा २, टिकापुर १६ , महाकाली २५, अछाम १०, डोटी अस्पतालमा २ जनाको उपचार भइरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण