सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
शनिबार, ३१ साउन २०७७, १२ : ००
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको हो । बझाङमा आत्महत्या गरेका व्यक्तिमा कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो भने कैलालीका अर्का १ जना संक्रमितको चितवनमा मृत्यु भएको थियो ।
यसअघि नै बझाङका २, बाजुरका २, अछामका १, कैलालीका ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
हाल अछाममा ५६, बैतडीमा ६, बझाङ्गमा १७५, बाजुरामा १५, डडेल्धुरामा ५, दार्चुलामा ३०, डोटीमा १६८, कैलालीमा, १७९ र कञ्चनपुरमा १४ गरी ६४८ जना सकृय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण