डुबेर मृत्यु भएका ३ बालबालिकाका परिवारलाई एक/एक लाख दिने घोषणा
जनकपुर । मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारीको सो नदीमा डुबेर मृत्यु भएको थियो । ऋषि पञ्चमीको अवसरमा आइतबार नुहाउन जाँदा तीनै बालिका वेपत्ता भएका थिए ।
सोही दिन धर्मपुर चौकीबाट खटिएको प्रहरी र स्थानीयले खोजतलास गर्दा अपराह्नको समयमा पिङ्कीको शव फेला परेको थियो भने मङ्गलवार माधवनारायण नगरपालिका–८ स्थित बागमती खोलाको किनारमा सुस्चिताको र राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरीस्थित बागमती नदीको किनारमा चञ्चलको शव फेलापरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण