शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक र डाक्टर अन कल बीच सम्झौता

बुधबार, १७ भदौ २०७७, १५ : ४६
बुधबार, १७ भदौ २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग २०७७ साल भदौं १४गते एक सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरे । 

उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । 

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाइटिसियन सेवामा अधिकतम ३०%, डेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५% साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । 

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप