शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जाको वालिङबाट ८ जना जुवाडे पक्राउ

शुक्रबार, १९ भदौ २०७७, १४ : १२
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकास्थित एक होटलको जुवा खालबाट प्रहरीले ८ जना जुवाडेलाई पक्रेको छ । संगठित रुपमा जुवाको खाल चलाउने गरेको सुराकको आधारमा स्थानीय प्रसाद होटलमा छापा मारेर ८ जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रसाद होटलका संचालक ३१ वर्षीय विवेक तिवारीलई पनि प्रहरीले पक्रेको छ । जुवा खालबाट १ लाख ६८ हजार नगद र तासका गड्डी बरामद गरिएको छ । जुवा खोल्नेमा अधिकांश व्यवसायी छन् । स्याङ्जा प्रहरीले केही दिनअघि पुलतीबजारको दुईवटा जुवा खालबाट १९ जना जुवाडेलाई पक्राउ गरेको थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप