बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै

मकवानपुर । बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै छन् । प्रदेशसभाको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र सार्वजनिक लेखा समितिले सभापति पाउने भएको हो भने अन्य २ समितिको सभापतिको लागि प्रक्रिया पुरा गरी सभापति चयन गर्ने तयारी गरिएको छ ।
संसद् गठनको डेढ वर्षपछि सो समितिले सभापति पाउने भएका हुन् । दलहरूको भागबन्डाका कारण समिति सभापति चयनमा समस्या हुँदै आएकोमा शुक्रबार बसेको प्रमुख दलका नेताहरूले समितिको सभापतिमा सहमति गरेका हुन् ।
प्रदेशसभामा रहेका ५ वटा समितिमा भागबन्डा नमिल्ने भएपछि थप एक समिति गठन गरी दलहरूले सभापति भागबन्डामा सहमति गरेका हुन् । प्रदेशसभाका प्रमुख ५ दलका नेताहरूको बैठकले प्रदेश विशेषाधिकार समिति गठन गरी सभापतिमा भागबन्डा मिलाएका हुन् ।
जसअनुसार कांग्रेसले २ वटा समितिको सभापति लिने गरी मनोनयन दर्ता गरेको छ । कांग्रेसले प्रदेश मामिला समितिको सभापतिमा छिरिङ दोर्जे लामालाई उम्मेदवार बनाएको छ भने सार्वजनिक लेखा समितिको सभापतिमा श्रीराम लामिछानेलाई सभापति बनाउन उम्मेदवार बनाएको छ ।
दलीय भागबन्डा अनुसार शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा माओवादी केन्द्रका ठाकुर ढकाल र अर्थ तथा विकास समितिमा राप्रपाका नुरज बज्राचार्यले उम्मेदवारी दिएका छन् । सबै समितिमा एकल उम्मेदवारी परेकाले प्रक्रिया पूरागरी सम्बन्धित समितिको सभापति चयन गर्ने प्रदेशसभा सचिवालयको तयारी रहेको छ ।
सचिवालयका अनुसार निर्वाचन कार्यक्रम तालिका अनुसार सम्बन्धित समितिको बैठकले सभापति चयन गर्नेछ । सो कार्यका लागि कार्यक्रम तालिका समेत तय गरिएको सचिवालयले जनाएको छ ।
प्रदेशसभाको २ वटा समितिको सभापतिका लागि भने आज प्रक्रिया अघि बढाइने छ । सो समितिको सभापति समेत आजै टुङ्ग्याउने गरी दलीय सहमति भएको र प्रक्रिया समेत तय गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनाेज कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार प्रदेश विशेषाधिकार समितिको सभापति चयनका लागि सदस्य अनुमोदन गर्न र उद्योग पर्यटन तथा वातावरण समितिको सभापति चयनका लागि सदस्य हेरफेर गर्न प्रदेशसभा बैठक बस्ने तयारी गरिएको छ । बिहान ११ बजे बस्ने बैठकले समितिको सदस्य अनुमोदन तथा हेरफेर टुङ्ग्याएसँगै सभापति चयनको प्रक्रिया अघि बढाइने उनले बताए ।
विशेषाधिकार समितिको सभापतिमा एकीकृत समाजवादीकी मायादेवी शर्मा र उद्योग पर्यटन तथा वातावरण समितिमा एमालेका आनन्द कुमार श्रेष्ठ सभापति बन्नेछन् । विशेषाधिकार समिति नयाँ गठन गरिएकाले सदस्य अनुमोदन गर्न र उद्योग पर्यटन तथा वातावरण समितिको सभापति श्रेष्ठ प्रदेश मामिला समितिको सदस्य रहेकाले सोको हेरफेरका लागि प्रदेशसभा बैठक बोलाइएको हो । उक्त बैठकको निर्णय पछि प्रक्रिया पूरा गरी सो समितिले समेत सभापति चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ