दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन
मकवानपुर । बागमती प्रदेशसभामा भागबन्डाका लागि विशेषाधिकार समिति गठन गरिएको छ । प्रदेशसभामा रहेका ५ वटा संसदीय समितिमा दलगत रूपमा भागबन्डा मिल्न नसकेपछि उक्त समिति गठन गर्ने सहमतिमा दलहरू पुगेका हुन् ।
प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को परिच्छेद २० को नियम १६७ को व्यवस्थामा भए बमोजिम उक्त समिति गठन गर्न प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको प्रस्तावमा दलहरू सहमत भएका थिए । शुक्रबार बसेको प्रदेशसभाका मुख्य ५ दलका नेताहरूको बैठकले भागबन्डा मिलाउन उक्त समितिको गठन गर्ने सहमति गरेका हुन् ।
दलहरूको सहमतिमा गठन गर्न सहमत भएको उक्त समितिको औचित्य वर्तमान अवस्थामा बागमतीमा देखिँदैन । सो समिति गठन विशेष परिस्थितिमा गर्ने व्यवस्था छ । सो समिति प्रदेशसभाको अधिकार, संसद्को अधिकार वा मानवअधिकार हनन भएको परिस्थितिमा गठन गर्न सक्ने व्यवस्था छ । प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १६९ अनुसार संविधानको धारा १८७ को व्यवस्था उलङ्घन भएको अवस्थामा छानबिन तथा जवाफका लागि सो समिति गठन गर्न सूचना दिने व्यवस्था रहेको छ ।
सो समितिले संविधानको १८७ को व्यवस्थाको विषयमा प्रस्ट पार्न वा सो विषयमा उठेका प्रश्नहरूको जवाफ तयार गर्न सो समिति गठन गर्ने व्यवस्था रहेको छ । वाक स्वतन्त्रता हनन भएको अवस्थामा सो समिति गठन गर्ने संविधानको व्यवस्था रहेको छ ।
संविधानको धारा १८७ अनुसारको प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता, प्रदेशसभामा व्यक्त गरेको अभिव्यक्तिका विषयमा छानबिन वा जवाफका लागि सो समिति गठन गर्न सकिने नियमावलीमा भनिएको छ । तर, प्रदेशसभामा उक्त अवस्था नरहेका बखत सो समिति गठनका लागि दलहरूले सहमति गरेका हुन् । दलहरूको सहमति अनुसार सो समिति गठनका लागि शनिबार बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ । सो समितिको सदस्य १७ जना रहने व्यवस्था रहेको छ भने मन्त्रीहरू सो समितिको सदस्य रहने छैनन् ।
दलहरूको सहमति अनुसार प्रदेशसभाका अन्य समितिको सदस्य पनि सो समितिको सदस्य रहने छन् । नियमावली अनुसार प्रदेशसभाका कुनै एक सदस्य एउटा मात्र समितिको सदस्य रहने नियमावलीमा व्यवस्था रहेको छ ।
उक्त बैठकले प्रदेशसभाको सदस्य अनुमोदन गर्नेछ भने शनिबार नै सो समितिको सभापति चयन गर्ने तयारी रहेको छ । सो समितिको सभापति दलीय भागबन्डाका अनुसार एकीकृत समाजवादीले पाएको छ । एकीकृत समाजवादीबाट मायादेवी शर्मालाई सो समितिको सभापति बनाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण