आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

सोमबार, २२ भदौ २०७७, ०६ : ४२
सोमबार, २२ भदौ २०७७

काठमाडौं – कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ ।

कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था रहेन ।

अदालतमा दैनिक तोकिने मुद्दाको पेसीसमेत पछिल्लो समय प्रभावित बनेको छ । कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण, थुनछेक बहसबाहेक अन्य सबै काम प्रभावित भएका बेला प्रधान्यायाधीश मातहत रहने आयोगको कामसमेत प्रभावित हुन पुगेको हो ।

कोरोनाका कारण बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा आर्थिक विपन्नताका कारण न्यायको पहुँचबाट बाहिर रहेकाहरूलाई समेट्ने गरी न्यायमा पहुँच पु(याउने उद्देश्यले स्थापना भएका आयोगले काम गर्न सकेको छैन । कोरोना प्रभावले जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने काम हुन सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप