पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट साढे ३ लाख सहयोग
मङ्गलबार, २३ भदौ २०७७, २० : ४८
काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट साढे ३ लाख आर्थिक सहयोग जुटेको छ । राधाकृष्ण देउजाको पहलमा संकलित रकम मंगलबार उनकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको छ ।
‘गोफण्ड’ मार्फत एक सातामा ३ लाख ५७ हजार एक सय ६७ रुपैया संकलन गरिएको थियो ।
बानियाँको पेशागत इमान्दारिताको सम्मानका लागी सो अभियान शुरु गरेको बताइएको छ । संकलित रकम परिवारलाई हस्तान्तरण गरेसँगै अब अभियान बन्द गरिएको देउजाले बताएका छन् ।
‘इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए,’ देउजाले भने, ‘उहाँ दिवंगत भएपछि परिवारलाई सहयोग गर्नुपर्छ भनेर अर्थ संकलन गरेको हुँ ।’
काभ्रेका स्थानीय देउजा लामो सयमदेखि अमेरिकामा छन् ।
पत्रकार बानियाँकी छोरी सुस्मिताले बुबाको सहज मृत्यु नभएको भन्दै छानविन गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण