भारतद्वारा बाढी पहिरोबाट प्रभावित जिल्लामा राहत सामाग्री प्रदान
काठमाडौं । भारत सरकारले बाढी पहिरोबाट प्रभावित नेपालका विभिन्न जिल्लामा राहत प्रदान गरेको छ । टेन्ट तथा त्रिपाललगायतका सामग्री जनता समाजवादी पार्टीकी नेतृ एवं सांसद चन्दा चौधरीलाई प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो राहत सामग्री कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारत सरकारको तर्फबाट दूतावासका नियोग उपप्रमुख नामग्य सी.खम्पाले सांसद चौधरीलाई सो सामाग्री प्रदान गरेको दूतावासले जनाएको छ ।
भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई दिएको हो । सो राहत सामाग्री आजै प्रतिनिधिसभामा सभामुख अग्नी सापकोटाको निर्वाचन क्षेत्रमा वितरण गरिने जनाइएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा हिजो आएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण