शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा बस्ने नेपालीको पीडा बोकेको 'सर्टमूभि' ‘शुन्य’

बुधबार, ३१ भदौ २०७७, १० : १५
बुधबार, ३१ भदौ २०७७

लण्डन । “कति विदेशमा दु:ख गर्छस् ? नेपाल फर्की यतै बसेर दु:खजिलो गरौँला मिठो मसिनो जे छ सँगै बसेर खाउँला, अब कति दिन बाँच्छु र डाँडामाथिको घाम कुनै पनि बेला अस्ताउन सक्छ ।“

हो सबै आमाबाबुले विदेशिएका आफ्ना सन्तानलाई भन्दै र गर्दै आएको अनुरोध हो यो । आफूले चाहेर होस् वा नचाहेर नै किन नहोस आफूलाई जन्म दिने आमाबाबाको मुख हेर्नबाट समेत बन्चित हुन्छन् विदेशिएका कैयौं सन्ततीहरु ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा थुप्रैका आँशुका थोपा परदेशकै माटोमा सिंचिन बाध्य भएका छन् । यस्तै विदेशीको पीडा पोखिएको एउटा मार्मिक र यथार्थप्रक घटनामा आधारित लघु चलचित्र (सर्ट मूभि) ‘शून्य’ बेलायतमा निर्माण भएको छ । करिब ९ मिनेट लामो यस मूभिलाई बेलायत निवासी निर्देशक एवं रंगकर्मी सनम कुमार बैरागले निर्देशन गरेका हुन् ।  यसैगरी बेलायतमा नै कर्मथलो बनाएका नेपाली चलचित्र अभिनेता ध्रुव दत्तको अभिनयले यस मूभिलाई थप जीवन्तता प्रदान गरेको छ ।

 बेलायतमा आफ्नो दैनिकीसँग संघर्ष गरिरहँदा एक्कासी नेपालबाट आमा बितेको खबर फोन मार्फत जानकारी पाउँदाको पीडा, लकडाउनले गर्दा नेपाल जान नपाउँदाको छटपटी र आमाले भनेका शब्दहरुको गुन्जनले पिरोल्लिएको छातीको वेदनालाई कथाकार गोपी सापकोटाले चलचित्र मार्फत प्रस्तुत गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को सेरोफेरोमा रुमल्लिएको यो सर्ट मूभि ‘शून्य’ ले विदेशमा बस्ने धेरै नेपालीहरुको कथा र व्यथाको प्रतिनिधित्व गरेको छ, विगत र वर्तमानमा घटेका घटनाको चित्रण गरेको छ अनि भविष्यको बारेमा एकपटक घोत्लिन बाध्य बनाएको छ ।

भिजन संसारको प्रस्तुति,अनि ‘शुन्य’ मा  शन्तकुमार राईको छायांकन रहेको भने डीडी ईन्टरटेनमेन्टको साथ रहेको छ ।

कृष्णबहादुर लाम्गादेको निर्माणमा तयार भएको यस लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने  शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले स्वर दिएका  छन् ।  सर्ट मुभी ‘शून्य’ लाई भिजन संसार प्लसको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप