शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

बुधबार, ३१ भदौ २०७७, २० : ३२
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ । पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको  हो । 

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप