केन्द्रीय संस्करण

न्याय

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

 

 

अनकन्टार गाउँको छाप्रोमा 
जीवन बिताइरहेको 
एक नेपालीको फोटो 
एकाबिहानै कसैले फेसबुकमा राख्यो    
ऊ वनबाट पतकर र झिक्रा बटुलेर 
खाना पकाउने गर्दो रहेछ 
लाईक र कमेन्ट गर्न 
उसको गरिबी र पछौटेपन
गजबको मसला भयो
फेसबुकमा राखिएको 
उसको फोटो एकाएक भाइरल भयो

केही दिनभित्रै
कर्तव्यनिष्ठ पुलिसले उसलाई पक्राउ गर्‍यो
विद्वान सरकारी वकिलले 
वन मासेको 
अभियोगपत्र तयार गरेर 
अदालतमा मुद्दा दायर गर्‍यो
सम्मानित अदालतले उसलाई 
कैद र जरिवानाको फैसला गर्‍यो

ठीक त्यही दिनको साँझ
दरबारमार्गको सडकमा
सुनको झोला फ्याँकेर 
तस्कर गायब भएको थियो, र
त्यसको केही दिनपछि
खुँखार हत्यारा
सम्मानित अदालतको आदेशबाट
बाइज्जत रिहा भएको थियो ।
***

२५ भाद्र २०७७

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.