प्रदेश १ मा कोरोनाबाट थप ३ को मृत्यु, सुदूरपश्चिममा हालसम्म १५ को मृत्यु
प्रदेश १ पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना सङ्क्रमति थपिएका छन् । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक÷एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।
आज थपिएका सङ्क्रमति मध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् । मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा प्रदेश बाहिरका चार जना थपिएका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।
६ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ६ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुई÷दुई जनाको र डडेल्धुरा र बैतडीमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयका सम्र्पक व्यक्ति जोशीले जानकारी दिए । उनले स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताए । त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ