बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दिपकराज पाठकको शब्दमा ‘भोटे ताल्चा’

शुक्रबार, २३ असोज २०७७, १२ : ३७
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । दीपकराज पाठकको शब्द रहेको गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । गायिका रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको संगीत रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा शिशिर भण्डारीका साथमा नवकलाकार स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकांक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

हालको सांगीतिक बिकृति समेटिएको गीतको भिडियो सन्तोष राजबहाकले निर्देशन गरेका हुन् । जसमा ज्ञानेन्द्र शर्माको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप