शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेलकुद परिषदमा ९ सदस्यको मनोनयन

आइतबार, २५ असोज २०७७, १८ : ००
आइतबार, २५ असोज २०७७

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद सदस्यमा ९ जनालाई नियुक्त गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले चर्चित फुटबल खेलाडी हरि खड्कासहित विभिन्न प्रदेशबाट छनौट गरी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । 

सरकारले झापाका हरि खड्का, पर्साका मानदेव हजारा, ललितपुरका पुरेन्द्र विक्रम लाखे, पोखराका राजेशकाजी गुरुङ, बर्दियाकी सुमित्रादेवी चौधरी, सुर्खेतकी नन्दा बस्याललाई नियुक्त गरेको छ ।  यस्तै अछामका एकेन्द्र कुवँर, भोजपुरकी चन्द्रबदना राई, र पर्साका मोहम्मद शाह शेखलाई सदस्यमा नियुक्त रहेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप