अर्मेनियातर्फ मर्ने सिपाहीको संख्या निरन्तर बढ्दै, अजरबैजानले किन लुकायो क्षति विवरण ?
एजेन्सी । अजरवैजानविरुद्ध जारी लडाईमा अर्मेनियातर्फ मर्ने सिपाहीहरुको संख्या निरन्तर बढिरहेको छ । सोही क्रममा अहिलेसम्म अर्मेनियाका ७२९ जना सैनिकको मृत्यु भएको जनाइएको छ । सोमबार अर्मेनियाली सेनाले मर्ने सैनिकको सूचीमा १९ जनाको नाम थपेसँगै मृतकको संख्या ७२९ पुगेको हो ।
यद्यपि, अर्मेनियाको रक्षा मन्त्रालयका अनुसार यो तथ्यांक अपूर्ण हुनसक्छ, किनभने पछिल्लो समयमा निरन्तर जारी रहेको लडाईमा मरेका सैनिकको आंकडा प्राप्त गर्न ढिलाई भैरहेको छ । उता, अजरबैजानले भने अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

अजरवैजानले क्षति विवरण किन लुकाइरहेको छ भन्ने विषयमा केही कुरा बाहिर आएको छैन । यद्यपि,अजरवैजानका राष्ट्रपति इल्हाम एलिएभले युद्ध समाप्त भएपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने बताएका छन् । सोमबार अजरबैजानतर्फबाट प्राप्त सूचनाअनुसार अगाडाम क्षेत्रमा भएको गोलीबारीमा ४ व्यक्ति घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण