मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।
पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो । आज पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जाहेरी लिएको नेकपा वीरगञ्ज महानगरपालिकाका इन्चार्ज रहवर अन्सरीले जानकारी दिए ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्न अस्वीकार गर्दै आएको थियो । यता जाहेरी दर्तासंगै अब शव बुझ्ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको अन्सारीले बताए । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने समेत अन्सारीले बताए ।
विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । राजनीतिक दवावमा गुप्तालाई छाडिएको भन्दै नेकपा पर्साले चरणवद्वरुपमा जाहेरी दर्ताका लागि दवाव दिन धर्ना सहितका विरोध कार्यक्रमहरु गर्दै आएको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्वसांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै ‘माथिको आदेश’मा छाडेको थियो ।
यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण