शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

बिहीबार, १३ कात्तिक २०७७, १८ : ५४
बिहीबार, १३ कात्तिक २०७७

ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी  राख्न र पुस्तकालय स्थापनाका लागि कोतघर निर्माण गरिएको हो ।

पुरानो कोत घर भत्किएपछि पर्यटकलाई किल्लाका बारेमा जानकारी लिन समस्या भएकाले नेपाली सेनाको सिमिक कार्यक्रमअन्तर्गत करीब रु २० लाखका लागतमा कोतघर निर्माण गरिएको रणबम गणले जनाएको छ । हतियार राख्नाका साथै पुस्तकालयसमेत रहने गरी निर्माण गरिएको कोतघर अमरगढी नगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले  कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गरिने बताए । नगरपालिका प्रमुख विश्वेश्वर ओझाले  किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने जानकारी दिए ।

कोतघर निर्माणसँगै किल्लामा पर्यटकको आर्कषण बढ्ने विश्वास लिइएको छ । विक्रम सम्वत् १८४७ मा कर्णालीवारि राज्य सञ्चालनका साथै महाकालीपारि कुमाउँ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले सो किल्ला निर्माण गरेका थिए । पछि उनकै नामबाट किल्लाको नामकरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप