अर्को पटकबाट विधानसभा निर्वाचनमा नलड्ने नितिशकुमारको घोषणा
एजेन्सी । भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफु विधानसभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधानसभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।
चुनावीसभामा उनले भने– “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाइहरुले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”
उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफुले उनीहरुका लागि धेरै कामहरु गरेको बताए । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराएका थिए ।
भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण