भारत र पाकिस्तानको सीमामा भेटियो सुरुङ
आइतबार, ०७ मङ्सिर २०७७, २३ : ३७
एजेन्सी । भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेका हुन् ।
बिएसएफका आइजी एनएस जामवालका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले स्पष्ट पार्छ कि पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेका छन् । उनले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताए । जम्मुको नगरोटाको भीडन्तमा भारतीय सुरक्षाकर्मीहरुको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण